बाँकेको नरैनापुर गाउँपालिकाविरुद्ध अदालतमा दायर गरिएको मुद्दा खारेज भएको छ। गाउँपालिकाले तयार गरेको शिक्षा ऐन र नियमावली अनुसार शिक्षा समितिले गरेको निर्णय बमोजिम गठित विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दर्ता भएको थियो।