गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना सबैले गर्नुपर्ने बताएका छन् । अहिले संविधानमाथि सबैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले बताए । सोमबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरणमा अल्मल्याएर संविधानलाई नै कमजोर बनाउन खोजिएको टिप्पणी गरे । संविधान कमजोर हुँदा लोकतान्त्रिक गणतन्त्र पनि कमजोर हुने उनको भनाई छ । खाणले भने, ‘संविधानको पालना सबैले गर्नुपर्छ, संविधानको पालनामा कांग्रेस प्रतिबद्ध छ, देशका अन्य राजन