लमजुङ : सदरमुकाम बेंसीशहर नगरपालिका-८, झाक्रीचोकस्थित एक हाडवेयर पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ।
बेंसीशहर नगरपालिका वडा नं. १० घर भएका गंगाबहादुर थापाले सञ्चालन गर्नुभएको हार्डवेयर गएराति साढे १० बजेको समयमा अचानक आगलागी हुँदा पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
क्षति विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। गएराति अचानक आगलागी भएको जानकारी पाउने वित्तिकै प्रहरी निरीक्षक पुनको कमाण्डमा ३५ जना...