राष्ट्र बैंकका अधिकारीले ३० हजार डलर बार्गेनिङ गरेको अर्थमन्त्रीलाई सूचना

अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक अधिकारीले नै बार्गेनिङ गरेको सूचना पाएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।‘मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्न दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन ?’