काठमाडौं : कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन देखिएको छ। भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा अनुमति प्राप्त गर्ने खोप खरिद गर्ने तयारी गरिरहेको थियो। भण्डारणका हिसाबले उपयुक्त हुने भन्दै भारतमा उत्पादित खोपको पर्खाइमा रहेको नेपाललाई भारतले खोप निर्यातमा रोक लगाएपछि थप संकट देखिएको हो। अक्सफोर्ड एस्ट्राजोनक