काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन् ।
कामपा–१८ मा रहेको देवघरको खरु पूजा (मूल ढोकाको पूजा) गर्दै प्रमुख शाक्यले बजेट अभाव नभएको जानकारी गराए ।
देवघरको पुनर्निर्माण भइरहेको छ । पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै प्रमुख शाक्यले परम्परागत एवं तान्त्रिक नाच, वाद्यवादन, शृंगारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौंका मूर्त सम्पदालाई जीवन्त बनाइराखेको उल्लेख गरे ।
...