सिन्धुपाल्चोकमा बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

रासस। सिन्धुपाल्चोकमा गत असार१ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा छन्। यसै क्रममा हेलम्बु गाउँपालिका ४ र मेलम्ची नगरपालिका–७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ। गत असार १गतेकै बाढीले क्षति पुर्‍याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु–४ बाट रकम निकासा गरिने वडाध्यक्ष राजकुमार लामिछानेले बताए।