काठमाडौँ – सोमबारदेखि अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन। सत्तारूढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध तीन दिन बितिसक्दा पनि समाधानतर्फ उन्मुख हुन नसकेको हो। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले बुधबार बिहान आफ्ना माग पूरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने […]