भ्रष्टाचारको आरोपमा वडा अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं। १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीसहित विरुद्ध मुद्दा दायर गरिएको हो ।वडाध्यक्ष कुर्मी र कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मीसहितको  मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका  सिफारिस राजश्व रकम हिनामिना गरेको पाएको छ । वडाध्यक्ष कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा स