श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुँदैछ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । राष्ट्रपति पदका लागि सांसदहरुले रणिल विक्रमासिङ्घे (७३), दुल्लास अल्हपेरुमा (६३) र अनुरा कुमारा दिसानायके (५३) को नाम प्रस्ताव गरिएको छ […]