बागलुङको नरेठाँटी बजारमा बाढी : ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

बागलुङ :  बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ। गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए।बिहीबार साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ। बाढीको त्रासले स्थानीय रातभर जाग्राम बसेका छन्। नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उनले बताए। ‘नरेठाँटी बजारन