नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न माग गरेको छ । पछिल्लो समय विश्वविद्यालयको परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा चरम लापरबाही भइरहेको भन्दै नेविसंघले मंगलबार परीक्षा नियन्त्रकलाई सात बुँदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमार्फत नेविसंघले कार्यालयका सबै काम वार्षिक कार्यतालिकाअनुसार हुनुपर्ने र परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गरिसक्नुपर्ने माग गरेको छ ।