स्थानीय तहको निर्वाचन सुरक्षामा १ लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन मागिएकामा करिब ३ लाखको दरखास्त परेको छ । सबैभन्दा बढी आवेदन १८ देखि ३० वर्ष उमेर समूहको छ । प्रहरीका अनुसार २ लाख २३ हजार ६ सय ३२ पुरुष, ६९ हजार ६ सय ८० महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले म्यादी प्रहरी बन्न आवेदन दिएका हुन् ।