काठमाडौँ – नवलपरासीका मिटर ब्याज पीडितहरुले काठमाडौँ आएर आन्दोलन थालेको १८ दिन पुगिसकेको छ। तर, उनीहरुका माग सम्बोधन नहुँदा उनीहरुले सुख्खा चिउराको भरमा भोकभोकै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। उनीहरु दिनहुँ राजधानीको माइतीघर मण्डलामा धर्नामा बस्छन्। मिटर ब्याजीले आफूहरुलाई भूमिहीन बनाए पनि सरकारले आफूहरुको पीडा नसुनेको उनीहरुको गुनासो छ। मिटर ब्याजीले भूमिहीन बनाएका किसान, मजदूरको पैसा […]