सामुदायिक वनमा बनाइएका २२ वटा घर टहरा हटाइयो

कञ्चनपुर ः स्थानीय तहको निर्वाचनको मौका छोपेर कृष्णपुर नगरपालिका १ स्थित नवदुर्गा महिला सामुदायिक वनमा बनाइएका घर टहरा आज हटाइएको छ। सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका २२ वटा घर टहरा डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय बाणीले हटाएको हो। ‘स्थानीय तहको निर्वाचन भैरहेको मौका छोप्दै सामुदायिक वनका घर टहरा निर्माण गरिएको पाइयो’ डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले भने, ‘वन कार्यालयको टोली र सामुदायिक वनका उपभोक्ताको सहयोगमा अतिक्रमण हटाएका छौँ।’ ...