धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सङ्घीयतालाई संस्थागत गर्न सङ्घीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्। प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ।शनिवार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।‘अहिले सङ्घीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’, उनले भने, ‘सङ्घीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्