किभ : एक लाखभन्दा बढी रूसी सैनिकले अहिले युक्रेनलाई तीनतर्फबाट घेरा हालेका छन्।एकातिर रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ भने अर्कोतर्फ बेलारूसमा पनि ३० हजार सैनिक युद्धअभ्यासमा खटाएको छ।यसैबीच रूसी नौसेनाले युक्रेन नजिकैको कृष्ण सागरमा आफ्नो सुपर डिस्ट्रोयर युद्धपोत तैनाथ गरेको छ। रूसको खतरनाक योजना देखेर अमेरिकी राष्ट्रपति जो बाइडेन चिन्तित देखिएका छन्।राष्ट्रपति बाइडेनले आफ्ना नागरिकलाई युक्रेन तुरुन्तै छोड्न अपिल गरेका छन्। उनले रूससँग युद्ध हुन सक्ने चेतावनी दिएका