सिमरा : मधेश प्रदेशले औद्योगिक सम्मेलन गुपचुप तवरले सम्पन्न गरेको छ। बाराको सिमरास्थित एक महँगो होटेलमा पत्रकारलाई सुइको सम्म पनि नदिएर २ दिने आवासीय सम्मेलन सम्पन्न गरिएको हो।आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारका कार्यहरु तय गर्ने उद्देश्यले आयोजित सम्मेलनमा एकजना पनि सञ्चारकर्मीलाई बोलाइएको थिएन भने उद्योगीको सहभागितामा समेत बेवास्ता गरिएको थियो।देशकै ठूलो औद्योगिक करिडोरको रूपमा रहेको पथलैया वीरगञ्ज औद्योगिक करिडोरको मुटु सिमरामा राखिएको उद्योग लक्षित कार्यक्रम थाहा पाउलान्