लमजुङ – लमजुङमा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पशुपालनका लागि उपयुक्त हावापानी, चरन क्षेत्र रहेको र पशुजन्य उत्पादनको माग, मूल्य दुवै राम्रो रहेकाले पनि व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दो रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार विदेशबाट फर्किएका साथै स्वदेशमै रहेका युवाहरू व्यावसायिक रूपमै गाईपालन, भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, माछापालनलगायतका व्यवसायमा जुटिरहेका छन् । विज्ञ केन्...