मध्य भोटेकोशीको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले ९० लाख कित्ता शेयर निष्काशन गरेको हो । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको छ । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  हालसम्म यस आईपिओमा साढे ४ गुणा बढीको आवेदन परेको छ। आइतबार बेलुका ५ बजेसम्ममा आईपिओमा २१ लाख ५९ हजार २६ जना आवेदकबाट ३ करोड २९ लाख ९२ हजार ७७ सय १ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ४.०२ गुणा बढी हो । माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् ।  कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन्  । यदि आवेदन दिएमा रद्द हुने छ  । कम्पनी परिचय मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.३, महाराजगंज, काठमाडौंमा रहेकोछ ।  कम्पनीले सिन्धुपाल्चोक जिल्लामा मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मे.वा.) निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य मिति २०७० माघ २८ बाट प्रारम्भ भएको र सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदी विद्युत उत्पादनको लागि आवश्यक प्रमुख जलस्रोतको रुपमा रहेको छ ।यो पनि : मध्य भोटेकोशी आईपिओ रिभ्यु : बिजुली बेचेर यसै वर्ष १ अर्ब र अर्को वर्ष झन्डै ३ अर्ब कमाउने लक्ष्य

सम्बन्धित सामग्री

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। उक्त सेयर किन्न चाहने लगानीकर्ताहरूले […]

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ- पिपुल्स पावर कम्पनीको आइपिओको लागि आवेदन दिने आज अन्तिम दिन हो। यस आइपिओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं.१ र ४ […]

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो […]

राप्ती हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आइपिओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निष्कासन गरिएको हो। कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये […]

श्वेत गंगा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले जारी गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

तेह्रथुमको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावरको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन भएको थियो । कुल निस्कासनमध्ये ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेको छ भने १६ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।पावरले प्रति लगानीकर्ता १० देखि ६० हजार कित्तासम्म आवेदन