प्रिमियर लिग : म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ। आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि १-० गोल अन्तरको जित निकालेको हो। आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे।इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए। यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ। सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ।

सम्बन्धित सामग्री

लिसेस्टरको हारले चेल्सीलाई च्याम्पियन्स लिगमा मौका

एजेन्सी, १० जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्तिम खेलहरु निकै रोचक रहे । लिग विजेता बनिसकेको म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाइसकेका थिए । तर, तेस्रो र चौंथो स्थानका लागि तीन टोली प्रतिष्पर्धामा थिए । लिभरपुलले क्रिस्टल प्यालेसमाथि २० को जीत निकालेर च्याम्पियन्स लिगमा स्थान पक्का गर्न […]

Reporters Nepal

फेरान टोरेसको ह्याट्रिकमा सिटीको जित

एजेन्सी। फेरान टोरेसले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा लिग च्याम्पियन म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ। सिटीको जितमा टोरेसले ह्याट्रिक र जोआ कान्सेलोले एक गोल गरे। न्युकासलका इमिल क्राफ्थ, जोलिन्टन र जोसेप विललकले एक-एक गोल गरे। सिटीले यसअघि नै लिग उपाधि पक्का गरिसकेको छ।

Dekhapadhi

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ । उपाधिको अर्को दाबेदार म्यानचेस्टर...

नयाँ पत्रिका

म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

काठमाडं, बैशाख १९ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो । आज राति हुने खेलमा म्यान्चेस्६र युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ । सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड […]

Reporters Nepal

प्रिमियर लिगः म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी । लिग लिडर म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको छ । यो जितसँगै म्यानसिटी उपाधि नजिक पुगेको छ । यस सिजनको प्रिमियर लिग उपाधि दौडमा म्यानसिटीलाई बाँकी क्लबले बलियो टक्कर दिन सकेनन् ।

Nepali Patra

म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लीड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ। लीड्सको मैदानमा भएको खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर खेर फालेका थिए। बराबरीपछि दोस्रो स्थानको युनाइटेडको ३३ खेलबाट ६७ अंक भएको छ भने ४७ अंकसहित लीड्स युनाइटेड नवौ स्थानमा छ। गएरातिको अर्को खेलमा बर्नलीले वुल्भ्सलाई ४–० ले पराजित गरेको छ।

Dekhapadhi

प्रिमियर लिग : शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । वुल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए । ८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २-१ गाेलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-१...

प्रिमियर लिग : म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३-० गोलले हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले पराजित गरेको छ । गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले ५३ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको लिसेस्टर सिटीले लिभरपुललाई ३–१ गोलले पराजित गरेको छ । लिसेस्टरले आफ्नो अङ्क सुधार गर्दै ४६ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा १६ औँ स्थानमा रहेको बर्नलीले १३ औँ स्थानमा रहेको क्रिष्टल प्यालेसलाई ३–० गोलले पराजित ग...

प्रिमियर लिग : सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।  गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हरायो । म्यानचेस्टरको जितमा ग्राब्रियल जिससले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी कायम गरेको छ । यस्तै, गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । यस्तै, गएराति नै भएका खेलमा क्रिस्टल प्यालेसले वुल्भ्स्ल...

म्यानचेस्टर सिटीको विजय सुरुआत

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजय सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो

Baahrakhari