नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्त्वपूर्ण : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्त्वपूर्ण रहेको बताएका छन्। विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए। आचारसंहिता अरूलाई लागे जसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा उनले जोड दिए। […]