ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

काठमाण्डौ – नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षामा जोड दिइएको हो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्य–दृश्यका माध्यमबाट आज बुधवार काठमाण्डौमा भएको बैठकमा बिमस्टेक देशका झन्डै एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र ...