कृषि विकास बैंकको सञ्चालकमा रमेश कुमार के.सी.

असोज ७, काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक हेरफेर भएको छ । बैंकले  संस्थापक  शेयर धनी नेपाल सरकार, अर्थ मन्त्रालयको पत्रानुसार सहसचिव रमेश कुमार के.सी.लाई मन्त्रालयको प्रतिनिधिको रुपमा बैंक सञ्चालक सदस्यको रुपमा मनोयन गरेको  बताएको छ ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य के.सी.लाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका थिए ।  उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको  थियो ।