सप्तरी – नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी हुनुभएकाे छ । गएकाे मङ्गलवार भएकाे चुनावकाे आज बिहीवार भएकाे मतगणनामा साह एक सय १६ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएकाे हाे । साहले एक हजार एक सय ८६ मत पाउँदा उहाँका प्रतिस्पर्धी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएकाे छ । सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुनुहुन्छ । यसअघि शनिवार हुने भनिएकाे चुनाव विवादपछि स्थगित भएर गएकाे मङ्गलवार सम्पन्न भएको थियो ।