कर्पोरेट पेमार्फत १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं (अस) । कर्पोरेट पे प्रणालीले चालू आर्थिक वर्षको ९ महीनामा १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिँदै आएको कर्पोरेट पे प्रणालीले साउनदेखि चैतसम्ममा उक्त कारोबार गरेको हो । बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यावसायिक एवं संस्थागत ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिने उद्देश्यले कर्पोरेट पे गतवर्ष सञ्चालनमा आएको थियो । कम्पनीका अनुसार हाल विभिन्न बैंक तथा वित्तीय संस्थाका ३ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहक प्रणालीमा आबद्ध भएका छन् । उक्त प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत सेवा लिन सकिन्छ । पछिल्लो समय उक्त प्रणालीमार्फत युटिलिटी तथा क्रेडिटरहरूलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि क्वीक पेमेन्ट खाताको स्टेटमेन्ट हेर्ने सुविधा, आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी समेत गर्न सकिने कम्पनीले बताएको छ । त्यस्तै बीमा समितिको इजाजतपत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतमा भुक्तानी सेवा समेत उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित सामग्री

कर्पोरेट पेमार्फत एक खर्बभन्दा बढीको कारोबार

कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा एक खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण काशेढुङ्गा पार गरेको छ ।बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी वर्ष दिनअघि सुरुवात गरिएको कर्पोरेट पे प्राणालीको प्रयोग उत्साहजनक हुँदै आएको छ । हाल ४८ बैंक तथा वित्तीय […]