असोज १ गतेदेखि पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड-१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथिभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।