शुक्रबारदेखि सिनेमाघर एपमा ‘कबड्डी ४’

काठमाडा‌ैं : नेपाली चलचित्र ‘कबड्डी ४’ सिनेमाघर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ। सिनेमाघर एपका सञ्चालक र ‘कबड्डी ४‘ का निर्माताले बिहीबार अनलाइन प्लाटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन्।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता एवं सिनेमाघर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लाटफर्म अनिवार्य भएको बताए।उनले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा विस्तारै विकास भइसकेको बताए। लामिछानेले