नेकपा एमालेका शीर्ष नेताहरु चितवनमा

काठमाडौं। नेकपा एमालेका शिर्ष नेताहरुले मंसिर १० गतेदेखि चितवनमा हुन गइरहेको १० औं महाधिवेशन हुने स्थल अवलोकन गरेका छन्। पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, योगेश भट्टराईलगायतका नेताहरुले नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन्।