नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा एसएमई फाइनान्सियर अफ द इयर–२०२१ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणका लागि जी२० को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट नबिल सम्मानित भएको हो ।आईएफसी र एसएमई फाइनान्स फोरमले विगतका आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगति पहिचान गरी सम्मान दिएको नबिल बैंकले