आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै (फोटोफिचर)

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ। प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको हो। शहीद दिवस अर्थात् शहीद सप्ताहको अन्तिम दिन मंगलबार काठमाडौंको लैनचौरस्थित…