काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ […]