नागमणिको चक्करले गयो युवकको ज्यान

काठमाडौँको असनमा डेरा गरी बस्ने विजय चौधरीको व्यापार व्यवसाय राम्रै थियो । असनमा चौधरीको भाँडाकुँडा, हार्डवेयर लगायतको व्यवसाय थियो । विजयका छिमेकीका अनुसार उनले असन लगायतका क्षेत्रमा तीनवटा पसल सञ्चालन गरेका थिए र पसलबाट आम्दानी पनि राम्रो भइरहेको थियो । पसलबाहेक पनि छिटो पैसा कमाउन सकिने भन्दै विजय अन्य व्यापार व्यवसायमा पनि लागेका थिए । विजयले आफ्ना परिवारका सदस्यसँग ‘इन्भेस्टमेन्ट कम्पनीमा लगानी गरेको’ बताउने गरे पनि त्यो इन्भेस्टमेन्ट कम्पनी कुन थियो भन्ने अझै खुलिसकेको छैन