राजनीतिक विश्लेषक कपिलमणि दाहालले निर्वाचन आयोगले निर्धारण गरेको चुनाव खर्च सीमा र उम्मेदवारले गर्ने वास्तविक खर्चको बीचमा आकाश जमिनको फरक हुने गरेका बताएका छन् । ‘अहिले र अघिल्लो खर्च सीमा हेर्दा अहिलेको बढी छ’, उनले भने, ‘तर, खर्च नगरेसम्म चुनाव जितिँदैन भन्ने प्रवृत्ति हिजो राजनीतिक दलहरुले नै हुर्काए । त्यो अहिले आफैलाई धन्न गाह्रो भएको छ । खर्चकै आधारमा, खानपानकै आधारमा खर्च बढ्दै जानु प्रजातन्त्रका लागि निकै घातक छ ।’गण्डकी प्रदेशसहित देशका सबै निर्वाचन क्षेत्रमा आय