काठमाडौं, मंसिर १५ । पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गत वर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ। विभागले गत वर्षको यही ऋतुमा ४ करोड ६ लाख रूपैयाँ रकम संकलन गरेकोमा यसवर्ष ९ करोड ३० लाख संकलन गरेको छ। विभागको तथ्याङ्क अनुसार ४८ वटा हिमाल अनुमतिबाट उक्त रकम संकलन भएको हो। […]