अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल विवाह बन्धनमा बाँधिने भएका छन् । हालै एक अन्तर्वार्तामा सृष्टिले नयाँ वर्ष २०७९ मा विवाह गर्ने तयारी रहेको बताएकी थिइन् ।मंगलबार आयोजित एक कार्यक्रममा अभिनेता सौगातले पनि सृष्टिको कुरामा सहमति जनाए । कोरोना महामारीका कारण विवाहमा ढिलाई भएको बताएका सौगातले अहिले विवाहको तयारी भइरहेको बताए ।‘सृष्टिले ‘विवाहको तयारीमा छौं । भनेको कुरा सत्य हो । हामी २ वर्षदेखि नै विवाहको तयारीमा थियौं’ सौगातले भने ‘कहिले के नमिल्ने त कहिले के नमि