राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थान गण्डकी प्रदेशको लमजुङमा पूर्णकदको शालिक निर्माण हुनेभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको गाउँसहरस्थित लमजुङ माध्यामिक विद्यालय प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गर्न लागेको हो । प्रतिष्ठानको शनिबार सम्पन्न ‘२१औँ साधारणसभा तथा अधिवेशन’का अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा ‘जीताली’ले गाउँसहरस्थित लमजुङ माविको प्राङ्गणमा शालिक राख्न राष्ट्रकविको …