सबै अमेरिकी सेनालाई ११ सेप्टेम्बरसम्म अफगानिस्तानबाट घर फर्काउने घोषणा गत बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे । ११ सेप्टेम्बर २००१ मा न्युर्योक र वासिङटनमा हमला भएपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानसहितका देशमा सैन्य हस्तक्षेप सुरु गरेको थियो, त्यसैको बिसौं वर्षगाँठ पारेर सेना फिर्ता गर्न लागिएको हो । तर, यो घोषणा अमेरिकी कूटनीतिक वृत्तमा विवादास्पद साबित भएको छ । आंतकवादविरुद्ध पर्याप्त सुरक्षा छ भन्ने सुनिश्चितता र अफगान सरकार तथा तालिवानबीचको शान्ति प्रक्रिया टुंगोमा पुग्ने व