काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो नभएको बताउनुभएको छ ।
मङ्गलवार काठमाण्डाैमा भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनमा बोल्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । उहाँले अहिले चिकित्सा क्षेत्रमा भइरहेको स्वास्थ्यकर्मीको परिचालन र उनीहरूलाई दिएको जिम्मेवारी बाँडफाँटमा धेरै असन्तुष्टि आइरहेको बताउनुभएको हो । देश सङ्घीयताको अभ्यासका क्रममा रहेको भन्दै कर्मचारी क्षेत्रको समायोजन प्रक्रियामा धेरैजसाे कर्मचारीले असन्तुष्टि व्यक्त गरिरहेको...