राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा 'ध्यान, योग र अध्यात्मको स्वजागरण' कार्यक्रम सम्पन्न भएको छ । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सांसदका लागि ‘स्वजागरण’ कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा ध्यान र योगका विशिष्ट विधिहरूको प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावनाहरू जागरण गर्न सांसदहरूलाई सिकाइएको थियो ।