बाग्लुङ - मध्यपहाडी राजमार्गको बाग्लुङ खण्ड पहिरोले बन्द भएको छ । बाग्लुङ नगरपालिका–३ को बोक्सेमा भलसहित लेदो र काठेखोला गाउँपालिकाका दुई ठाउँमा पहिरो खसेपछि बन्द भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।
बन्द सडक खुलाउन आवश्यक उपकरणसहित टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बाग्लुङ–बलेवा जाने सडकसमेत बन्द भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
बाग्लुङ–पोखरा सडक पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि रा...