भक्तपुर । मानविकी विषयको अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सरोकारवालाहरूले आरोप लगाएका छन् । बुधबार भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सक्ने क्षमता बढाउने भएकैले यसलाई नीतिगत रूपमै पछाडि पारिएको हुनसक्ने आशंका गरिन् । मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप […]