नयाँ बानेश्वरमा खुल्यो सनराइज फर्निचरको तेस्रो शोरुम

सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा सञ्चालनमा आएको छ । शोरुमको एक कार्यक्रमबीच औपचारिक उद्घाटन भयो । शोरुम विष्णुमाया बस्नेत र चिनियाँ लगानीकर्ता वाङ जुजुङ्गले उद्घाटन गरेका हुन् ।सनराइज फर्निचर स्वदेशी ब्राण्ड हो । नेपाली र चिनियाँ व्यवसायीहरुको संयुक्त लगानीमा  सनराइज फर्निचरको फ्याक्ट्री १४ वर्ष अगाडि स्थापना भएको थियो । यस अगाडि ढल्कु र जडिबुटीमा २ वटा शो रुमसमेत स्थापना भएर सेवा प्रदान भइरहेको छ ।कम्पनीले आकर्षक शो रुमसहित नयाँ बानेश्वरमा तेस्रो शाखा स्थापना गर्न सफल भएको छ ।