लोसपा नेपाल र लोक दलबीच एकता घोषणा (तस्बिरहरु)

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकता भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाइमा पुर्याउन दुई पार्टीहरूबीच एकता घोषणा गरिएको दुवै दलले घोषणा गरेका छन् ।आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा एकता घोषणा गरिएको हो । एकताले एकीकरणले समग्र देशभित्र रहेका उपेक्षित, पिडित, पिछडा वर्ग लगायत सम्पूर्ण मधेसी तथा अधिकारबाट बञ्चित नागरिकहरुको आवाजलाई अझ बढी मुखरित गर्ने दुवै दलले दावी गरेका छन् । उनीहरुबीच भए

सम्बन्धित सामग्री

लोसपा र लोक दल एकता घोषणा आज

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ । काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयका सचिव रंजित झाले जानकारी दिए ।

भोलि लोसपा र लोक दलको एकता घोषणा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबिच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरूका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

लोसपा र लोक दलको एकता घोषणा भोलि

११ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरुका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।