बिर्तामोड खोप प्रकरण : होटलमा खोप नलुकाएको छानबिन समितिको ठहर

झापा : बिर्तामोडस्थित होटलमा कोरोनाविरुद्धको खोप लुकाएको आरोप पुष्टि नभएको छानबिन समितिले ठहर गरेको छ।छानबिन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले आरोप पुष्टी नभएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार तिमिल्सिनालाई सोमबार बुझाएका छन्। छानबिन समितिले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले खोप बुझ्ने र बुझाउने सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने रायसहित प्रतिवेदन सार्वजनिक गरेको छ।