बोर्डको प्रेस मिट लगत्तै लगानीकर्ता थप आन्दोलित, आज बोर्डको गेट खोल्न नदिने चेतावनी

नेपाल धितोपत्र बोर्डको पत्रकार सम्मेलन सकिए लगत्तै लगानीकर्ताले आन्दोलन थप चर्को बनाएका छन् । पत्रकार सम्मेलन मार्फत आफ्नो माग पुरा हुने आशामा रहेका लगानीकर्तामा थिए ।तर बोर्डले ठोस कार्ययोजना पनि नल्याएको र साउनसम्मको समय मागेपछि लगानीकर्ता रुष्ट बनेका छन् । लगानीकर्ताले आज आफ्नो माग पुरा नभएसम्म बोर्डका कसैलाई पनि घर जान नदिने चेतावनी दिएका छन् । आज बोर्डको गेट खोल्न नदिने चेतावनी उनीहरुको छ । पत्रकार सम्मेलनमा भित्र छिर्न नदिएकोमा पनि लगानीकर्ता रुष्ट छन् । बोर्डले पत्रकारहरुलाई मात्र परिचयपत्र देखाएर बोर्डको कार्यालय भित्र प्रवेश गराएको थियो ।प्रेस मिटमा बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका सबै माग पुरा गर्न नसकिने र जायज माहहरु साउनसम्म पुरा भईसक्ने बताएका थिए ।त्यस्तै उनले वार्ताको नाममा समय खेर नफाल्ने र सिधै कार्यन्वयनमा जाने बताएका थिए । बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा ४-१२ करोडको सिमा लगाएकाले सेयर बजार निरन्तर घटेको आरोप लगाएका थिए। आफुले सरोकारवाला तथा सेयरसँग सम्बन्धित विज्ञहरुसँग छलफल गर्दा सबैले राष्ट्र बैंकको ४-१२ करोडको नीतिले नै बजार घटेको बताएको उनले पत्रकार सम्मेलनमा बताए।'राष्ट्र बैंक, बीमा समिति हामी जस्ता नियामक निकायहरु बीच नीति बनाउदा एक अर्कामा समन्वय हुनुपर्ने हो, समन्वय पनि राष्ट्र बैंक मार्फत हुनुपर्छ'  बोर्ड अध्यक्ष हमालले भने, 'बजार घट्नुमा राष्ट्र बैंक जिम्मेवार, ४-१२ नीतिले बजार घटायो। 'यत्रिमात्र नभई बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकले पछिल्लो पटक ल्याएको जोखिम भार सम्बन्धि नीतिका कारण पनि सेयर बजार घटेको आरोप लगाए। बजार घटेको बिषयलाई लिएर आफुले अर्थमन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकसँग यस बिषयमा कुराकानी गरेको उनले बताए । 

सम्बन्धित सामग्री

बैंकहरुले कमाइरहेको नाफामा सरकारले हदबन्दी लगाउनु पर्छ : नेपाल उद्योग परिसंघ

पुस ४, विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा गरेमा विभिन्न करहरु तिर्नु पर्ने तर बैंकहरुले जतिपनि आर्जन गर्न पाउने विभेदकारी नीति तत्काल खारेज गरि बैंकहरुको नाफामा हदबन्दी लागू गरिनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रदेशका अध्यक्ष भीम घिमिरेसहितका उद्योगीहरुले बैंक पञ्चायतकालीन साहु महाजन बनिरहेकाले सरकारको ध्यानाकर्षण गराउदै बैंकहरुको मनपरि विरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् ।  बैंकहरुले तरलत अभाव देखाउँदै उद्योगीहरुले कच्चा पदार्थ ल्याउनका लागि एलसी खोल्दासमेत एफडी माग गरिरहेकाले बैंकहरुको मनोमानि बढेको पनि उद्योगीहरुले गुनासो गरेका छन् ।   ‘हामीले शुुरुदेखि उठाउँदै आएको पूँजी निर्माणको लागि, निक्षेप बढाउन ब्याज वृद्धि होइन पूँजीगत सुधार र पूँजीगत खर्च बढाउन अति आवश्यक छ’, घिमिरेले भने, ‘बैंकको ब्याजदरलाई सिंगल डिजिटमा नबढ्ने गरि कायम गर्न र उत्पादन, पूर्वाधार जस्ता उद्योगमा लगानी गर्ने लगानीकर्तालाई असर नगर्ने गरि मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो ब्याज दरको व्यवस्थालाई स्थिर र निरन्तरता राख्ने पहल गर्न पुनः गम्भीर ध्यानाकर्षण गर्दछौं ।’ मुलकका बैंकहरू राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताउँदै घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंकहरु प्रेरित भएको बताए ।  ‘नेपालमा बैंकका गतिविधिहरु नाफा कमाउने व्यापारी, पुराना साहुमहाजन जस्तो पुरातनवादी भएका छन् र यसको प्रत्यक्ष उदहारणका लगानीको लागि पेस हुने कागजातमा सबै लगानीसँग असम्बन्धित परिवारका सबैको जमानी लिएर मानसिक दवाव सृजना गर्ने परिपाटीलाई लिन सकिन्छ,’ परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । आर्थिक अवस्था चलायमान र पूँजी निर्माण हुन नदिने मुख्य कारण नै बैंक तथा वित्तीय संस्था रहेको परिसंघले ठहर पनि गरेको छ ।  ‘एकै छिनमा तरलताको अभाव देखाई ब्याज बढाउने, फिक्स डिपोजिटमा ब्याज बढी दिई रहेका छौं भन्ने देखाई लगानी उत्पादन क्षेत्रको ब्याजसमेत वृद्धि गरि लगानी कर्ता, जनता र देश डुबाउन यस्तो खेल कहिलेसम्म चल्छ ?’, विज्ञप्तिमा भनिएको छ, ‘देशमा औद्योगीकरणको बाधक रहेको र अस्थिर तरिकाले हरेक महिना यसरी ब्याज घटाउने बढाउने खेलमा उद्योगहरू चैं धरासायी हुने र सरकार र केन्द्रीय बैंकले अरू बैंकलाई पाल्ने काम मात्र गरि सरकारले यी नयाँ जमानाका साहू महाजन विकास गर्नेतर्फ लागेको हामीलाई महशुस हुन थालेको छ ।’ उद्योगीले बैंकको लगानी कर्ता र उद्योगको लगानी कर्ता फरकफरक हुनुपर्ने माग पनि गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था कहाँ र कसरी चलेको छ भन्ने कुरा मुलुकको केन्द्रीय बैंकलाई जानकारी छैन र ? भन्ने प्रश्न गरे । ‘यसलाई केन्द्रीय बैंक एवम् सरकारले अनदेखा गर्न कदापि हुँदैन भन्ने कुरा हामी राख्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । हाल बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी खोल्न बन्द नै गरेको अवस्था रहेको बताउँदै परिसंघका बरिष्ठ सल्लाहाकार महेश जाजूले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको आभाव आपूर्तिमा समस्या कच्चा पदार्थको आभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन् ।  यसबाट रोजगारी र सरकारको राजस्वमामा समेत ह्रास हुने निश्चित देखिएको बताउदै जाजुले भने ‘मुलुकको अर्थतन्त्र ठप्प हुनबाट जोगाउन हामी सरकारसंग अपिल गर्छाैं, नत्र हामीले बाध्य भएर सडकमा आन्दोलन गर्नुपर्ने हुन्छ ।’ पत्रकार सम्मेलनमा संविधानसभा सदस्य एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं सिएनआईका संरक्षक उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए । पछिल्लो समय बैंकका कारण अन्तर्राष्ट्रिय कारोबारमा नेपाली आयात–निर्यातकर्ताको छवी समेत धुमिलिएको उद्योगी सारडाको भनाइ छ ।  ‘२० करोड रुपैयाँको एलसी खोल्न कागजात पेश गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्त बैंकहरुले राखिरहेका छन्,’ सारडाले भने, ‘५ करोड भए कर्जा माग्दै जानुपर्दथ्यो ?’ वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा अभावमा उद्योगहरु स्वतः बन्द हुने चरणमा पुग्ने उनले बताए ।  यस्तै परिसंघले बीमा क्षेत्रमा पनि विकृति मौलाएको बताउँदै बीमा आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिएका छन् । ‘बीमा गराउने उद्योगी व्यवसायीको रुची र आफ्नो इच्छा अनुसार बीमा गराउन पाउनु पर्दछ र यहाँ त सबै विषयहरू जुन आवश्यक नै हुँदैन तिनीहरू समेत गाभेर बीमा गराउने गरिएको छ र यसैमा प्रिमियमसमेत धेरै राख्ने गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यसको तुरुन्तै सुधारको माग गर्दछौं ।’