नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले अझ मजबुद बनाएको बताउनुभयो । राजदूत चौधरीले दुई देशको सम्बन्धमा विद्युत् प्रसारण लाइन कोशेढुङ्गा सावित हुने विश्स व्यक्त गर्नुभयो । उहाँले यहाँस्थित बङ्गलादेशी राजदूतावासले २३ …