गोरखा – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा इमानदारिता नभएका कारण चुनावमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताउनुभएको छ ।
जिल्लाको चुनावी समीक्षा गर्न आज शनिवार गोरखा आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै चुनावमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताउनुभयो ।
‘विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो’, उहाँले भन्...