लिमिटेडको सिमकोट शाखाद्वारा २१ सयभन्दा बढी क्विन्टल खाद्यान्न छुटमा बिक्री

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाद्वारा दसैँको अवसरमा छुटमा खाद्यान्न वितरण भइरहेको छ। एक हप्ताभन्दा बढी समय लगाएर शाखाले सिमकोट गाउँपालिका र बजारवासी र कर्मचारीलाई सो खाद्यान्न वितरण गरिएको हो। लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुुसार दसैँको छुटमा दुुई हजार १ सय २० क्विन्टल खाद्यान्न बिक्री वितरण गरिएको छ। शाखाले सो […]

सम्बन्धित सामग्री

लिमिटेडको शाखाद्वारा दसैँका लागि छुटमा खाद्यान्न बिक्री सुुरु

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको छ। बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको हो। शाखाका निमित्त प्रमुख नवीन आचार्यले लिमिटेडको केन्द्रीय नीतिअनुुसार दसँैको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु भएको बताए। यसका लागि शाखाले दुुई हजार पाँच सय क्विन्टल खाद्यान्नप्रति केजी सात […]

सिमकोटमा खाद्यान्न छुट

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल रु ५०० छुटमा बिक्री वितरण गरिएको उहाँले बताउनुभयो । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीमा रु १२५ र ३० केजीमा रु १५० छुट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरिद गर्दा रु ५०० छुट पाएका हुन् ।