काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सडकमा उठेका आवाजको सम्बोधन गर्न माग गरेको छ। आयोगले मंगलबार प्रेस वक्तव्य जारी गर्दै विगत केही समयदेखि नेपाली नागरिकहरूको विविध प्रकारका असन्तुष्टीहरु सडकमा आइरहेको र त्यसलाई सरकारले मत्थर पार्न नसकी दैनिक रुपमा नागरिकहरूको मानव अधिकार, मौलिक हक अधिकारको उल्लंघन हुने गतिविधि तीव्र हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘राज्य संचालनमा भएका कमीकमजोरी र त्रुटीको परिणाम आम नेपाली नागरिकमा हजारौं व्यक्तिको ज्यान आहुतिबाट प्राप्त